दफा १९
अनुसन्धान समिति
(१) खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनाको तत्काल अनुसन्धान गरी सोको प्रतिवेदन समिति समक्ष पेश गर्न एक अनपेच्छित घटना अनुसन्धान समिति रहनेछ ।
(२) अनुसन्धान समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) वरिष्ठ बालरोग विषेशज्ञहरुमध्येवाट मन्त्रालयले – अध्यक्षमनोनीत गरेको व्यक्ति
(ख) प्रतिनिधि, औषधि व्यवस्था विभाग – सदस्य
(ग) प्रतिनिधि, नेपाल पिडियाट्रिक सोसाइटी – सदस्य
(घ) बरिष्ठ बालरोग बिशेषज्ञहरुमध्येबाट एकजना – सदस्य
(ङ) बरिष्ठ जनस्वास्थ्य बिज्ञहरुमध्येबाट एकजना – सदस्य
(च) बरिष्ठ प्याथोलोजिष्ठहरुमध्येबाट एकजना – सदस्य
(छ) प्रमुख, खोप शाखा, विभाग – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरुको मनोनयन मन्त्रालयले गर्नेछ ।
(४) अनुसन्धान समितिको अध्यक्ष तथा मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान समितिको अध्यक्ष तथा मनोनीत सदस्यले पदीय जिम्मेवारी पूरा नगरेमा मन्त्रालयले निजलाई जुनसुकै बखत त्यस्तो पदबाट हटाउन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम अध्यक्ष वा कुनै सदस्यलाई पदबाट हटाउनु अघि मन्त्रालयले निजलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(७) अनुसन्धान समितिको सचिवालयको काम विभागको बाल स्वास्थ्य महाशाखाले गर्नेछ ।